कृषिगणनाको परिचय

राष्ट्रिय कृषिगणना २०७८
(संक्षिप्त परिचय)

परिचय 
नेपालमा पहिलो कृषिगणना २०१८ सालमा सम्पन्न भएको थियो । त्यसपछि प्रत्येक दश—दश वर्षमा कृषिगणना सञ्चालन हुँदै आएको छ । यही क्रमको सातौं राष्ट्रिय कृषिगणना २०७८ सालमा केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्न लागेको छ । यो कृषिगणनाको थप महत्व छ । २०७८ सालको यो कृषिगणना संघीयता पछिको पहिलो कृषिगणना हुनेछ भने विगतका कृषिगणनाहरुले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण जिल्ला तह सम्म मात्र दिदै आएकोमा यसपटक संघीय ढाँचा अनुसारका ७५३ वटै गाँउपालिका÷नगरपालिका तह सम्मको तथ्यांक उपलब्ध गराउनेछ । राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क संकलनलागि मुख्य फिण्ड कार्य वि.स. २०७९ को वैशाख ६ देखि जेठ १९ सम्म संचालन हुनेछ । 
पहिलेका कृषिगणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनोट विधि (क्बmउष्लिन ःभतजयम) मा आधारित हुनेछ । यस गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिचाइ, पशुपक्षीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषि–कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, विमा, अनुदान, कृषिकार्यमा जलवायू परिवर्तनको प्रभाव, हरित गृह पद्धतीको प्रयोग, माटो परिक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापन लगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असर जस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिनेछ । कृषिगणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत सङ्ख्यात्मक सूचनाहरू प्राप्त हुनेछ । यी आधारभूत तथ्याङ्कहरू ९द्यभलअजmबचप क्तबतष्कतष्अक० कृषिसँग सम्बन्धित अन्य सर्वेक्षणहरुका लागि फ्रेमका रुपमा समेत प्रयोग हुन्छन् ।


उद्देश्य
राष्ट्रिय कृषिगणना २०७८ को उद्देश्यहरु देहायनुसार रहेको छ ।
(क)  कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश, क्षेत्रीय तथा राष्ट्रिय स्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने कृषि क्षेत्रको बनौट तथा तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पु¥याउने,
(ख)    देशव्यापी रूपमा कृषकले चलन गरेको जग्गा तथा पशुपन्छी पालन, खाद्यान्न, तरकारी, फलफूल, लगायत अन्यखेती तथा उत्पादन, कृषि सामाग्री, कृषि औजारको प्रयोग सम्बन्धी विस्तृत विवरणहरू प्राप्त गर्ने,
(ग)   कृषि क्षेत्रमा रोजगारीको स्थितिको बारेमा तथ्याङ्कीय सूचना उपलब्ध गराउने,
(घ)    कृषि क्रृण, बीमा र अनुदानको उपलब्धता बारे जानकारी प्राप्त गर्ने, 
(ङ)    कृषिमा लैगिक सहभागिताको अवस्था र निणर्य प्रकृयामा संलग्नताबारे जानकारी लिने, 
(च)    कृषि सम्बन्धी दिगो विकास लक्ष्यसंग सम्बन्धित सूचकहरुको अनुगमन र मूल्याङ्कनका लागि आवश्यक आधार तथ्याङ्क उपलब्ध गराउने, 
(छ)    कृषि र यसमा वातावरणीय प्रभाव सम्बन्धी विवरणहरु उपलब्ध गराउने,
(ज)    कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने, र
(झ)    कृषि तथ्याङ्कको स्तर बढाउने ।


गणना विधि
राष्ट्रिय कृषिगणना २०७८ मा गणनाको एकाइ “कृषिचलन” लाई लिइएको छ । सामान्यता कृषक परिवार र कृषि चलन प्रय्यावाचि जस्तै देखिएता पनि तलका मध्ये कम्तिमा कुनै एक अवस्था पुष्टि भएमा मात्र त्यस कृषक परिवारलाई कृषिचलन मानिन्छ र कृषि गणनामा समावेश गरिन्छ ।  

  • हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली  लगाएको भएमा, वा 
  • जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको भएमा, वा 
  • कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा, वा 
  • माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको भएमा ।

यस भन्दा पहिलेका छ वटा कृषिगणनाहरुमा जस्तै यो सातौं पटकको गणना पनि देशभरका कृषक परिवारहरुको प्रतिनिधित्व हुने गरेर छानिएका कृषक परिवारहरुसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर सम्पन्न गरिनेछ । यसका लागि नेपालका ७५३ वटै स्थानिय तहबाट बैज्ञानिक विधि प्रयोग गरेर छुट्टाछुट्टै प्रतिनिधित्व हुने गरि करिव ३ लाख ५० हजार कृषक परिवार कृषक परिवारहरु छानिएका छन् भने करिव ६ हजार गणक, १५ सय सुपरिवेक्षक तथा करिव ७७ कृषिगणना अधिकृतहरु गरि करिव ७५०० (सात हजार पाँच सय) कर्मचारी प्रत्यक्ष रुपमा फिल्डमा परिचालित हुनेछन् । तथ्यांक संकलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिनेछ भने विजुलीबत्ति र इन्टरनेटको सहज पहुच र सुविधा भएका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा ट्यावलेट मार्फत क्यापी (CAPI) विधिबाट पनि तथ्यांक संकलन गरिने छ ।  


गणना कार्य र अवधि 
राष्ट्रिय कृषिगणना २०७८ चालु आ.व. को चैत्र, वैशाख, जेठमा संचालन हुदैछ । सवै ७७ वटै जिल्लामा २०७८ चैत्र १ गते देखि कृषि गणना कार्यलय स्थापना गरिने छ भने, तथ्याङ्क संकलनको मुख्य फिण्ड कार्य २०७९ को वैशाख र जेठमा संचालन हुनेछ । गणना पश्चातको मूख्य गणना कार्यबाट प्राप्त फारमहरुको कोडिंग, इडिटिंग, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरि २०७९ को मंसिर महिनामा प्रारम्भिक प्रतिवेदन तयार तथा त्यसको सार्वजनिकीकरण गरिनेछ ।

Share This :