संगठनात्मक संरचना

कृषि गणनाको संरचना


राष्ट्रिय कृषिगणना २०७८ लाई सफलता पूर्वक सम्पन्न गर्न आवश्यक मार्गदर्शनको लागि केन्द्रमा राष्ट्रिय योजना आयोगका सम्माननिय उपाध्यक्षको अध्यक्षतामा निर्देशक समिति, प्राविधिक क्षेत्रमा परामर्श दिनका लागि विभागका महानिर्देशकको अध्यक्षतामा प्राविधिक समिति, विषयगत क्षेत्रमा परामर्श दिनका लागि विषयगत समितिहरु रहनेछन् । यसरी नै मूख्य गणना कार्यका लागि आवश्यक समन्वय गर्न पत्येक प्रदेशमा प्रदेश कृषिगणना समन्वय समिति, जिल्लामा जिल्ला कृषिगणना समन्वय समितिहरु र स्थानीय तहहरुमा स्थानीय तह सहजिकरण समिति तीन महिनाका लागि स्थापना गरिनेछ । विभागमा महानिर्देशकको अगुवायीमा केन्द्रीय व्यवस्थापन समूह रहनेछ भने आर्थिक महाशाखाका उपमहानिर्देशकको नेतृत्वमा कृषि तथा पशुपंछी गणना तथा सर्वेक्षण शाखाले महत्वपूर्ण भूमिका निभाउनेछ । तीन महिनाको लागि सात वटै प्रदेशमा प्रदेश कृषिगणना कार्यालय (प्रदेश राजधानी रहेको जिल्ला समेत हेर्ने गरि) हरु र ७० जिल्लामा जिल्ला कृषिगणना कार्यालयहरु  स्थापना गरिनेछ ।

Title Download Count View & Download
राष्ट्रिय कृषिगणना २०७८ को संगठन तालिका 186   View    Download
Share This :