प्रदेश तथा जिल्ला कृषिगणना अधिकृत र सहायक कृषिगणना अधिकृतहरूको तालिम मिति २०७८⁄११⁄१८ देखि २०७८⁄११⁄२४



राष्ट्रिय कृषिगणना २०७८ को प्रदेश तथा जिल्ला कृषिगणना अधिकृत तथा सहायक कृषिगणना अधिकृतहरूको प्रशिक्षण तालिम मिति २०७८१११८ देखि २०७८११२४ सम्म जावलाखेल स्थित स्थनीय विकास प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको छ । उक्त तालिम कार्याक्रममा केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय, प्रदेश र स्थानीय तहहरूबाट अधिकृत र सहायकस्तरका १४० जना कर्मचारीहरूको सहभागिता छ । यस तालिमको मूख्य उदेश्य राष्ट्रिय कृषिगणना २०७८ अन्तगर्त प्रदेश तथा जिल्ला कृषिगणना कार्यालयहरूमा खटि जाने कृषिगणना अधिकृत सहायक कृषिगणना अधिकृतहरूलाइ कार्यालय संचालन र जिल्लामा संचालन हुने सुपरिवेक्षक र गणकहरूको तालिमका लागि प्रशिक्षकको तालिम प्रदान गर्नु रहेको । राष्ट्रिय कृषिगणना २०७८ यहि चैत्र, वैशाख र जेठमा संचालन हुँदैछ ।

Share This :