राष्ट्रिय कृषिगणना २०७८ को मूख्य प्रशिक्षक प्रशिक्षण तालिम



राष्ट्रिय कृषिगणना २०७८ को मूख्य प्रशिक्षक प्रशिक्षण तालिम मिति २०७८⁄११⁄६ देखि २०७८⁄११⁄११ सम्म जावलाखेल स्थित स्थनीय विकास प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भयो । उक्त तालिम कार्याक्रममा केन्द्रीय तथ्याङ्क विभाग र अन्य सम्बन्धीत मन्त्रालय र विभागका उपसचिव र अधिकृत स्तरका ५० जना कर्मचारीहरूको सहभागिता थियो । यस तालिमको मूख्य उदेश्य राष्ट्रिय कृषिगणना २०७८ अन्तगर्त केन्द्र तथा जिल्लामा विभिन्न चरणमा हुने कृषिगणना अधिकृत, सहायक कृषिगणना अधिकृत, सुपरिवेक्षक र गणकहरूको तालिमका लागि प्रशिक्षक तयार गर्नु रहेको थियो । राष्ट्रिय कृषिगणना २०७८ यहि चैत्र, वैशाख र जेठमा संचालन हुँदैछ ।

Share This :